काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ र ७ को संयुक्त पहलमा स्काभेटर (एक्स्काभेटर) को प्रयोग गरी खोलामा थुप्रिएको माटो, गेग्रान तथा पानीको बहावमा अवरोध पुर्‍याउने सामग्री हटाउने कार्य गरिएको हो।


ADVERTISEMENT


बर्षायाम सुरु हुनुअघि नै खोलाको बहावलाई व्यवस्थित बनाउने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ। वडा नं. ७ का अध्यक्ष बाबुराजा महर्जनले हिमालय पोस्टसँग कुरा गर्दै वर्षेनी वर्षायाममा गोदावरी खोलाको आसपासका क्षेत्रमा डुबानको समस्या देखिने भएकाले त्यसबाट स्थानीय बासिन्दालाई सुरक्षित राख्न समयमै सरसफाइ गरिएको बताए।


ADVERTISEMENT

# # #


उनका अनुसार खोलामा जमेको माटो र अन्य अवरोधका कारण पानीको निकास प्रभावित हुँदा वर्षायाममा डुबानको जोखिम बढ्ने गरेको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बर्षा सुरु हुनुअघि नै स्काभेटर प्रयोग गरेर खोलाको बहावलाई सहज बनाउने काम गरिएको हो।

“डुबानका कारण कुनै पनि प्रकारको मानवीय तथा भौतिक क्षति नहोस् भन्ने उद्देश्यले समयमै खोलाको सरसफाइ गरिएको हो,” अध्यक्ष महर्जनले भने। स्थानीयवासीहरूले पनि वर्षायामअघि गरिएको यस कार्यले डुबानको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा समेत जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी पूर्वतयारीका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।