काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रति तोला ५ हजार १०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा खरिद बिक्री भएको थियो।


























































