काठमाडौं-  प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ।


ADVERTISEMENT


आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।


ADVERTISEMENT

# # #


विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने र आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार देखिने विश्वास व्यक्त गरे। उनले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै अतिरिक्त भार नपर्ने स्पष्ट पारेका छन्।

उनले सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव आगामी वर्षदेखि देखिन सुरु हुने बताएका छन्।

साथै, भ्याट सम्बन्धी विषय अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा आवश्यक नीतिगत निर्णय गरिने जानकारी दिएका छन्।

अर्थमन्त्री वाग्लेले बजेट खर्च मुख्यतः आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने बताएका छन्। राजस्व संकलनमा समस्या आए आकस्मिक व्यवस्था गर्न सकिने पनि उनले उल्लेख गरेका छन्। साथै, राइड सेयरिङ व्यवसायलाई पनि करको दायरामा ल्याउने विषयमा सरकारले आवश्यक नीति तयार गरिरहेको जानकारी दिएका छन्।

आर्थिक विधेयकमाथि दर्ता भएका केही संशोधन प्रस्ताव फिर्ता भएका छन् भने केही अस्वीकृत भएका छन्। केही संशोधन प्रस्ताव भने स्वीकार गर्दै विधेयक पारित गरिएको छ।