काठमाडौं – प्रतिनिधिसभाले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३ बहुमतले पारित गरेको छ।


ADVERTISEMENT


बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो।


ADVERTISEMENT

# # #


विधेयक पारित हुनुअघि बैठकमा दर्ता भएका संशोधन प्रस्तावहरूमाथि छलफल गरी निर्णयका लागि प्रस्तुत गरिएको थियो।

सरकारले संसद अधिवेशन नरहेको समयमा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ।