काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पोमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


हालको आधारदरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम रहेको ग्लोबल आईएमई बैंकका प्रतिनिधि मन्जिल बिष्टले जानकारी दिएका छन्।

विद्युतीय, गैर–विद्युतीय र हाइब्रिड लगायत सबै किसिमका सवारी साधनका लागि अटो लोन उपलब्ध रहेको उनले बताएका छन्। ग्राहकले आफ्नो आधारभूत जानकारी दिएपछि तुरुन्तै लोनको योग्यता र प्रक्रियाबारे जानकारी गराइने उनले बताए ।

बैंकले केवल वित्तीय ऋणदाताका रूपमा मात्र नभई ग्राहकको आवश्यकता अनुसार वित्तीय सल्लाहकार र काउन्सिलरका रूपमा सहज प्रक्रिया प्रदान गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।