चितवन– स्थानीय तहको पहिलो चरणको चुनाव प्रचारको अन्तिम दिन संयुक्त आमसभाका लागि चितवन पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्ताहरुलाई कसैको भड्काउमा नलाग्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कांग्रेस र माओवादीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले पोखरामा माओवादीले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएकाले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


सभालाई सम्बोधन गर्दै देउवाले भने ‘ सहयोग दोहोरो हुन्छ, कही हामी सहयोग गर्छौ, कहि हामीलाई सहयोग हुन्छ, त्यसकारण तपाइँहरु कसैको भड्काउमा नलाग्नुस् ।’ भरतपुर महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवा एउटै जहाज चढेर भरतपुर पुगेका थिए ।

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेद्वार रहेकी छन् । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह रहेकी छिन् ।