काठमाडौं – संघीय संसद्, प्रतिनिधि सभाको आज मंगलबारका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ ।


ADVERTISEMENT


प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका हुन् ।


ADVERTISEMENT

# # #


विशेष कारणले निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएपछि संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्यहरूलाई जानकारी गराएको छ ।

अब प्रतिनिधि सभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेछ ।