काठमाडौं – तिब्बतको शिगात्से शहरअन्तर्गत केरुङ काउन्टीको केरुङ बन्दरगाह क्षेत्रमा बुधबार बिहान करिब १०ः३० बजे पहिरो जाँदा ठूलो क्षति भएको छ।
घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले घटनालाई उच्च प्राथमिकतामा राख्दै उद्धार तथा राहतका लागि महत्वपूर्ण निर्देशन दिएको छ।
उनले सबैभन्दा जरुरी कार्यहरू बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनर्स्थापना गर्न र घाइतेहरूको तुरुन्तै उपचार गरी हताहत कम गर्न सक्दो प्रयास गर्नुपर्ने औंल्याए। सीले अनुगमन र प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउन, वैज्ञानिक उद्धार प्रयासहरूलाई जोड दिन र थप प्रकोपहरू रोक्नुपर्ने आवश्यकतामा पनि जोड दिए।
सी चिनफिङले जोड दिए, ‘हामी अहिले बाढी रोकथामको लागि एक महत्वपूर्ण समयमा छौं। सबै क्षेत्र र सम्बन्धित विभागहरूले बाढी र आँधीबेहरी रोकथामका उपायहरू इमानदारीपूर्वक लागू गर्नुपर्छ, विभिन्न जोखिम र लुकेका खतराहरूको अनुसन्धान र सुधारलाई बलियो बनाउनुपर्छ, ठूला प्रकोप र दुर्घटनाहरूलाई दृढतापूर्वक रोक्नुपर्छ, र जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ।’






























































