काठमाडौं– चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।
नदी थुनिएको स्थानमा पानीको निकास पूर्ण रूपमा नभइसकेकाले तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।
अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको किनार तथा आसपासका क्षेत्रबाट टाढा रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित तथा अग्लो स्थानमा बस्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।






























































