काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपील गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश “एक टिम, एक राष्ट्र“ बनेर एकजुट हुन अपील गरेका छन् छ ।
उनले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्वसूचना तथा आधिकारिक जानकारी आदानप्रदान अत्यन्त संवेदनशील र अनिवार्य रहेको धारणा राखेका छन् ।
जमिन चिरा परेको र थप पहिरोको जोखिम हुन सक्ने भएकाले उद्धारमा खटिने टोली स्वयं पनि उच्च सतर्क र सजग हुनुपर्ने उनले सुझाव दिएका छन्।
साथै उनले सामाजिक सञ्जाल र एआई निर्मित भ्रामक सामग्रीहरू आधिकारिक हुन नसक्ने भएकाले तथ्यपरक सूचनामा मात्र भर पर्नुपर्ने बताएका छन् ।






























































