काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट मृत्यु हुनेको संख्या ७ सय ५२ पुगेको छ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो।
हालसम्म बाढी प्रभावित क्षेत्रबाट ८ हजार ७ सय ३० जनाको उद्धार गरिएको छ। तर अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई निरन्तरता दिइएको छ।































































