काठमाडौं –  गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटालाई पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्।


ADVERTISEMENT


देवकोटाले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि उनी मन्त्रालयबाट बाहिरिएपछि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई अब भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।


ADVERTISEMENT

# # #


केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बनेपछि गण्डकी प्रदेशमा एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले १० भदौमा राजीनामा दिएका थिए। त्यसपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैंसँग राखेका थिए।

यसअघि २१ जेठ २०८१ मा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटा सरकारमा सहभागी भएका थिए। राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै उनी फेरि सरकारमा फर्किएका हुन्। मन्त्री देवकोटाले शपथ लिएसँगै गण्डकी सरकारमा उनको औपचारिक पुनरागमन भएको छ भने न्यौपानेको मन्त्रालय परिवर्तन गरिएको छ।