मोरङ(रासस)–मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


को २ त ५०६७ नम्बरको ट्र्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार कटहरी गाउँपालिका बस्ने ४० वर्षीया लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय चिसाङ खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्र्याक्टरले रंगेली–दोहमना सडकखण्डमा उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलका चालक सोही ठाउँका ५० वर्षीय पुरुषोत्तम रिजाल सामान्य घाइते भएका छन् । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय, रंगेलीले नियन्त्रणमा लिएको छ ।