काठमाडौं – गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव प्रसाद आचार्य उपाध्याय ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड नेपाल २०२६’ अन्तर्गत ‘वर्ष २०२६ को सर्वोत्कृष्ट बैंकिङ सीईओ’बाट सम्मानित भएका छन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले आयोजित एक समारोहबीच सीईओ उपाध्यायलाई उक्त सम्मान प्रदान गरेका हुन् । बैंकिङ क्षेत्रमा उनले पुर्याएको योगदान, व्यावसायिक नेतृत्व, व्यवस्थापकीय क्षमता तथा संस्थागत विकासमा निर्वाह गरेको भूमिकाको कदरस्वरूप उनलाई उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ ।
यसैगरी उद्योगी तथा व्यवसायी अम्बिका प्रसाद पौड्याललाई पनि ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड नेपाल २०२६’ अन्तर्गत ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसिप अवार्ड’बाट सम्मानित गरिएको छ ।
सिजन मिडिया नेपालद्वारा आयोजित कार्यक्रममा पौड्याललाई लगानी, उद्यमशीलता, जलविद्युत्, पर्यटन, बीमा, आतिथ्य, कृषि, निर्माण तथा उपभोक्ता उद्योगलगायत विभिन्न क्षेत्रमा पुर्याएको योगदान, व्यावसायिक दृष्टिकोण तथा संस्थागत नेतृत्वको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा व्यावसायिक नेतृत्वमा सक्रिय व्यक्तित्वहरूलाई उनीहरूले सम्बन्धित क्षेत्रमा पुर्याएको योगदानका आधारमा सम्मान गरिएको आयोजकले जनाएको छ ।


































































