काठमाडौं – पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ।


ADVERTISEMENT


कम्पनीले १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। प्रस्तावित १५ लाख कित्ता शेयरको कुल अंकित मूल्य १५ करोड हुनेछ।


ADVERTISEMENT

# # #


शेयर निष्काशनसम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षरका क्रममा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउने उद्देश्यसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ। कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नाराका साथ ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार तथा पर्यटनलगायतका क्षेत्रमा सम्बन्धित आयोजनामा रणनीतिक लगानी गर्दै आएको बताएको छ।

सर्वसाधारणका लागि शेयर निष्काशनमार्फत कम्पनीले आफ्नो लगानी विस्तार तथा पूँजी परिचालनलाई थप सुदृढ गर्ने लक्ष्य लिएको छ।