आफ्नो ब्याटबाट विश्व जगतमा नाम कमाएका भारतीय क्रिकेटका महान हस्ती सचिन तेन्दुल्कर भलै क्रिकेटबाट सन्यास लिइसकेका छन् । तर अब जुनियर तेन्दुल्कर अर्थात सचिनका छोरा अर्जुन तेन्दुल्कर आउने दिनमा भारतका लागि क्रिकेट खेलिरहेको देख्न पाइने भएको छ ।


ADVERTISEMENT


सचिनका छोरा अर्जुन पनि आफ्नो पिताको जस्तै सफल खेलाडी बन्न चाहन्छन् । अब यसको सुरुवात भइसकेको छ । भारतीय टीमको खेलाडीको सूचिमा अब फेरि ‘तेन्दुलकर’ थर सामेल हुँदैछ । किनकी सचिनका छोरा अर्जुन श्रीलंकाविरुद्ध हुने २ चार दिवसीय र ५ एक दिवसीय म्याचका लागि यू-१९ टिममा परेका छन् ।


ADVERTISEMENT

# # #


उचाई राम्रो भएका १८ वर्षीय अर्जुन बाँया हाते तीव्र गतीका बलर हुन् भने मध्यक्रमका उपयोगी ब्याट्सम्यान पनि हुन् । रोचक कुरा त के भने अब अर्जुन तेन्दुलकर पूर्व भारतीय कप्तान तथा अहिलेको यू-१९ टिमका प्रशिक्षक राहुल द्रविडको रिपोर्ट गर्नेछन् । जसले उनका पिताकासाथ भारतका लागि केही रेकर्डको साझेदारी गरेका थिए ।

यस कारण भयो अर्जुनको चयन

रिपोर्टका अनुसार यू १९ टीम चयनपछि छनोट कमिटीका एक स्रोतले सोधेका थिए कि, ‘आखिर अर्जुनलाई यू-१९ टिममा यो मौका कसरी मिल्यो ? जबकी पछिल्लो विहार ट्रफीमा उनको प्रदर्शन त्यती खास थिएन’ । यस ट्रफीमा उनी विकेट लिने खेलाडीको सूचिमा उनी ४३ औँ स्थानमा थिए ।

जवाफमा स्रोतले भन्यो ‘यदि तपाई यो सूचिलाई हेर्नुहुन्छ भने अर्जुन राम्रा तीव्र गतीका बलर हुन् । जसले १५ भन्दा बढी विकेट चट्काएका छन् । उनीभन्दा बढी विकेट लिनेहरु प्राय स्पिनर छन् । जसमा ३३ विकेट लिएका अजय देव गौड पनि छन्, जो एक राम्रो अलराउन्डर पनि हुन् । जबकी अर्जुन तीव्र गतीका बलर हुन् । ’

स्रोतले यो पनि बतायो कि भर्खरै पश्चिम र दक्षिण अञ्चल स्तरीय खेलमा अर्जुनको प्रदर्शन शानदार रहेको थियो । उनले त्यहाँ एक म्याचमा ३७ रन लिएर चार विकेट लिएका थिए । जसमा तीन विकेट एकै स्पेलमा लिएका थिए । यही प्रदर्शनले नै छनोटकर्तालाई प्रभावित पारेको थियो ।

स्रोतले भन्यो, ‘बीसीसीआई र प्रशिक्षक राहुल द्रविको स्पष्ट दिशानिर्देश थियो कि जो खिलाडी यही वर्ष १९ सालको उमेर पार गर्दैछन्, उनीहरुलाई टिममा छनोट नगर्नु । भलै उसले राम्रो प्रदर्शन गरेको होस् । राहलका उनुसार ती खेलाडीलाई रणजी ट्रफी खेल्नु दिनू । त्यस कारण केही राम्रा खेलाडी जो अर्जुन भन्दा उत्कृष्ट थिए । तर, छनोट हुन सकेनन् । यसको प्रत्यक्ष फाइदा अर्जुनलाई पर्यो । ’

-एजेन्सीको सहयोगमा