काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीदेखि कर्मचारीसम्मलाई लोभ नगरी काम गर्न निर्देशन दिएका छन्। सबैलाई देश बनाउने काममा जुट्न आग्रह गर्दै ओलीले भ्रष्टाचारप्रति शून्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन र नगरौँ भन्दै यस्तो बताएका हुन्।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले नेपाली भाग्यमानी नागरिक भएकाले ६० लाख जनता निरपेक्ष गरिबीको रेखामुनि हुँदा पनि सबथोक पाएको बताएका छन्।


ADVERTISEMENT

# # #


‘हामी भाग्यमानी नागरिक हौं। जागिर छ, नियमित आम्दानी छ।साठी लाख जनता निरपेक्ष गरिबीको रेखामुनि हुँदा पनि हामीले सबथोक पाएका छौं’, प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘मन्त्रीदेखि सम्पूर्ण कर्मचारी साथीहरु लोभ नगरौं, हामी सबै देश बनाउने काममा जुटौं, भ्रष्टाचारप्रति शून्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन, मोलाहिजा नगरौं।’