सल्लेरी, सोलुखुम्बु– सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ ।


ADVERTISEMENT


ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका सरदार शेरप शेर्पाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बाटो खोलिएसँगै आज पहिलोपटक एक आरोहण दलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । यो यामको पहिलो आरोहण गर्ने टोलीमा ११ पर्वतारोही शेर्पासहित तीन ब्रिटिस गोर्खा सैनिक रहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आरोही समूहले आज दिउँसो १ः१५ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको हो । यस्तै भोलि मङ्गलबार आरोहणका लागि क्याम्प ४ मा करिब ७० जनाको समूहले तयारी गरिरहेका छन् ।

पर्यटन विभागका अनुसार यो वर्ष ४१ समूहका ३७४ जनाले सगरमाथाको आरोहण गर्दैछन् ।