काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मूल्य वृद्धिका सन्दर्भमा प्रधानमन्त्री ओलीले संसदमा दिएको अभिव्यक्ति गैर-जिम्मेवारपूर्ण भएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल टेलिभिजनको कार्यक्रम वाइड एंगलमा पत्रकार शालिक सुवेदीसंग कुरा गर्दै उनले प्रधानमन्त्रीले बोलेको उक्त कुराले आफूले क्षमा माग्नु परेको बताए । उनले भने, ‘अस्ति पश्चिम जाँदाखेरि प्रधानमन्त्रीको अभिव्यक्तिसंग मेरो जिल्लावासी भन्नुहुन्छ भने म क्षमा माग्न चाहान्छु भनेँ । किनभने प्रधानमन्त्रीले मूल्य वृद्धिको सन्दर्भमा त्यसरी गैर जिम्मेवार तरिकाले भन्नुहुँदैनथ्यो ।’


ADVERTISEMENT

# # #


यसअघि संघीय संसदमा मूलवृद्धिको बारेमा सांसदले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ‘माननीय सदस्य ज्यू, म सानोछँदा ९० रुपैयाँ तोला सुन थियो, त्यो खोजेर हुँदैन नि त अहिले’ भनेका थिए ।

हेर्नुस् भिडियो :