मस्को–फिफा विश्वकपका लागि रसिया पुगेका साउदी अरबको समूह सोमबार बालबाल बचेका छन् । बुधबार उरुग्वेविरुद्धको खेलका लागि साउदी अरबको समूहलाई सेन्ट पिटर्सबर्गबाट रोस्तोव लिएर जाँदै गएको विमानको इन्जिनमा आकाशमा नै आगो लाग्यो । यद्यपी, रसियाली एयरलाइनसको एयरबस जेटले सुरक्षित अवतरण गरेको छ ।


ADVERTISEMENT


एयरलाइन्सले विमानको इन्जिनमा चरा फसेका कारण विमानमा खराबी आएको हुनसक्ने आशंका व्यक्त गरेको छ । यद्यपी, एयरलाइन्सले विमानमा आगो लागेको खबरलाई भने अस्विकार गरेको छ । तर सोसल मिडियामा सेयर गरिएका भिडियोमा भने विमानमा आगो लागिरहेको देख्न सकिन्छ । यूएसए टुडेले पनि विमानमा आगलागी भएको बताएको छ ।


ADVERTISEMENT

# # #


साउदी नेशनल टिमको आधिकारिक ट्वीटर अकाउन्टका अनुसार सबै खेलाडी सुरक्षित रुपमा आफ्नो होटल पुगिसकेका छन्, आगलागी एक दुर्घटना थियो ।