काठमाडौँ– विश्वकप अन्तर्गत समूहको दोस्रो चरणको खेलमा पोर्चुगलका लागि कप्तान रोनाल्डोले मोरक्को विरुद्ध गोल गरेका छन् । उनले खेलको चौथो मिनेट मै हेडिङ गरेर गोल गरेका हुन् ।


ADVERTISEMENT


मस्कोको लुज्निकी रंगशालामा समूह बी बाट पोर्चुगल र मोरक्कोबीचको खेल भइरहेको छ । ।


ADVERTISEMENT

# # #


क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगलले पहिलो चरणमा स्पेनसँग बराबरी खेलेको थियो भने मोरक्को इरानबिरुद्ध अन्तिम मिनेटमा आत्मघाती गोलका कारण पराजित हुनुपरेको थियो ।

नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न यी दुई टोलीका लागि आजको खेल गर या मरको अवस्थामा छ । पोर्चुगलको १ अंक छ भने मोरक्को अंकबिहीन रहेको छ ।