एजेन्सी– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आज समूह ‘एफ’ मा जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्न विश्व विजेता जर्मनीले स्वीडेनलाई पराजित गर्नै पर्नेछ ।


ADVERTISEMENT


रसियाको फिष्ट रंगशालामा नेपाली समयअनुसार आज राति ११ बजेर ४५ मिनेटमा जर्मनी र स्वीडेन प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT

# # #


जर्मनीले आफ्नो समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग १—० गोलको पराजय बेहोरेको थियो भने स्वीडेनले दक्षिण कोरियालाई १—० गोल अन्तरले पराजित गरेको थियो ।

आजको खेलमा जर्मनीले स्वीडेनलाई पराजित गरेमा विश्वकपको अगाडिको यात्रा जारी रहने छ । तर जर्मनी स्वीडेनसँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ । यता, स्वीडेन भने जर्मनीलाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने छ ।