सिरहा–मिर्चैया नगरपालिका – ११ मा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ ।


ADVERTISEMENT


मिर्चैया नगरपालिका वडा नं. ११ गदहवा बस्ने हरी यादबको करीब २१ बर्षीय छोरा धिरज यादवमाथि ५÷६ जनाको समुहले गएराति खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको होे ।


ADVERTISEMENT

# # #


खुकुरी प्रहारबाट गम्भीर घाईते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरिरको बिभिन्न भागमा निलडाम रहेको बुबा हरीले बताए ।

आफ्नै घरमा सुतिरहेका अबस्थामा करीब १ बजेतिर आएका उक्त समुहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरी ज्यानै लिने प्रयास गरेको बुवा हरिको भनाई रहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डीएसपी) दिपक खड्काले बताए ।

अनुसंन्धानमा असर पर्ने भएकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ ।