बाँके– बाँके जिल्लाको डुडुवा गाउँपालिका–१ होलिया छिटाइपुर्वाका अग्निपीडितलाई राहत वितरण गरिएको छ ।


ADVERTISEMENT


२०७४ वैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो । डुडुवा गाउँपालिका विपद् व्यवस्थापन कोषबाट अग्निपीडित ३२ परिवारलाई नगद रु दुई हजारका दरले वितरण गरिएको छ ।


ADVERTISEMENT

# # #


आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, वडाध्यक्ष पटेश्वर कुर्मी, वडादस्य सुष्मा यादवले सो रकम प्रदान गरेका हुन् ।

आगलागी भएको एकवर्ष बितिसक्दा पनि कुनै निकायबाट सहयोग नभएपछि गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । २०७४ साल वैशाख १५ गते भएको आगलागीबाट छिटाइपुर्वा गाउँका ३२ घर जलेर नष्ट भएका थिए ।

बाढीपीडितका लागि आश्रयस्थल
यसैगरी, गाउँपालिका–१ मा बाढीपीडितका लागि दुईवटा आश्रयस्थलको निर्माण भइरहेको छ । वर्षेनी बाढीबाट पीडित उक्त क्षेत्रका नागरिकका लागि उचित आश्रयका लागि दुईवटा भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् । उनका अनुसार होलियाको छिटाइपुर्वा र चौफेरी पाँजामा रु पाँच लाखको दरले दुईवटा भवन निर्माण थालिएको हो ।

राप्ती नदीको बाढी तथा डुबानले सो क्षेत्रका नागरिक वर्षेनी डुबानमा परी मानवीय क्षति तथा धनमाल नष्ट हुने गरेको अवस्थामा यो भवनले सो घटनाबाट जोगाउने विश्वास लिइएको छ । रासस