काठमाडौं– अमेरिकाको प्रसिद्ध विश्वविद्यालय एरिजोना स्टेट युनिभर्सिटीले पहिलो पटक नेपाली युवालाई सल्लाहाकारमा नियुक्त गरेको छ । अन्तराष्ट्रिय सामाजिक उचाइ प्राप्त गरेका युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याललाई उक्त विश्वविद्यालयले १५ जुलाई ,२०२० सम्मका सल्लाहाकार नियुक्त गरेको हो ।


ADVERTISEMENT


कलिलै उमेरमा अमेरिकी विश्वविद्यालयको सल्लाहाकार बनेका अर्याल धादिङको सामान्य परिवारमा हुर्किएका हुन् । उच्च शिक्षाका लागि काठमाण्डौँ आए सँगैउनको सामाजिक क्षेत्रमा क्रियाशिलता हात्तै बढेको छ । १० भन्दा बढी देशको अन्तराष्ट्रिय सम्मेलनहरुमा आफुलाई प्रस्तुत गरिसकेका अर्याल आफैले पनि नेपालमा “युवा सार्क सम्मेलन” र “विश्व युवा सम्मेलन” गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


आफ्नो परिचयलाई सामान्य क्षेत्र भन्दा माथी उठाइ सकेका अर्याल लाखौँ युवाका उत्प्रेरणको पात्र बनेका छन् । नेपालमा नै रहेर बहुराष्ट्रीय संघ संस्था र विद्यालयमा आवद्ध उनी अमेरिकी विश्वविललयले नियुक्त गरेको सबै भन्दा कम उमेरका नेपालीहुन । कलिलै उमेरमा निकै ठुलो अवसर पाउनु भयो नि भन्ने प्रश्नमा उनि भन्छन् यो अवसर सँग सँगै शिक्षा र अन्तराष्ट्रिय समुदाय प्रतिको जिम्मेवारी मान्छन् ।

समृद्ध नेपालको यात्रामा निरन्तर क्रियाशील रहने बताउँदै उनी भन्छन् आफ्नोसँगै देशको व्यक्तित्व निर्माणमा सबै समान ढंगले लाग्नुपर्छ । नियुक्तीका सम्बन्धमा उक्त विश्वविद्यालयको निर्देशक डा. र्बाबर क्लिमेक भन्छिन् दिवाकर अर्याल जस्तो बहुआयामिक व्यक्तित्वलाई सल्लाहाकारमा नियुक्त गर्न पाउनु विश्वविद्यालयकै महत्वपुर्ण उपलब्धि हो ।

यसले अमेरिका र नेपाल मात्र नभएर अमेरिका र दक्षिण एसियालाई आपसी समृद्धि र सौहार्दता निर्माण हुने उनि बताउँछिन् ।