काठमाडौँ– शाखा तथा एटिएम सन्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक एनआईसी एशियाले एकैपटक १४ नयाँ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप बैँकले बिहीबार लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ नयाँ शाखा र १ एक्सटेन्सन काउण्टरको स्थापना गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत निम्न १४ स्थानहरुमा शाखा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको हो ।

१. राजमार्ग चौराहा शाखा,  बुटवल उ.म.न.पा. वडा नं. ९, चौराहा, रुपन्देही

२. राम मन्दिर लाईन शाखा, बुटवल उ.म.न.पा. वडा नं. ४, राम मन्दिर लाईन, रुपन्देही

३. भलवारी शाखा, तिलोत्तमा न.पा. वडा नं. ७, भलवारी, रुपन्देही

४. परासी शाखा,  रामग्राम न.पा. वडा नं. ५, परासी बजार, नवलपरासी

५. तौलिहवा शाखा,  कपिलवस्तु न.पा. वडा नं. ३, तौलिहवा, कपिलवस्तु

६. तम्घास शाखा,  न.पा. वडा नं. १, पुतलीबजार, तम्घास गुल्मी

७. सुनवल शाखा,  सुनवल न.पा. वडा नं. १, नवलपरासी

८. चन्द्रौटा शाखा,  शिवराज न.पा. वडा नं. ५ चन्द्रौटा, कपिलवस्तुु

९. लुम्बिनी शाखा  लुम्बिनी साँस्कृतिक न.पा. वडा नं. १०, रुपन्देही

१०. बुद्धचोक शाखा,  सिद्धार्थनगर न.पा. वडा नं. ८, बुद्धचोक, रुपन्देही

११. ड्राईभरटोल शाखा,  तिलोत्तमा न.पा. वडा नं. ३, ड्राईभरटोल, रुपन्देही

१२. पकडी शाखा,  मायादेवी गाँउपालिका वडा नं. १, पकडी, कपिलवस्तु

१३. मझगाँवा शाखा,  कोटहिमाई गाउँपालिका वडा नं. ५, मझगाँवा,

१४. लवनी शाखा,  शुद्धोधन गाउँपालिका वडा नं. ३, लवनी, कपिलवस्तु

१५. महाराजगंज एक्सटेन्सन काउण्टर, महाराजगंज नगरपालिका, वडा नं. १, कपिलवस्तु