काठमाडौँ– विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् ।


ADVERTISEMENT


खेल भैरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने शैलीमा किंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडि स्क्रिनमाबाक्लो संख्याका दर्शकका बीचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT

# # #


चलचित्र, खेलकुद, व्यापार व्यसाय क्षेत्रका चर्चित अनुहारहरु पनि यो किसिमको अनुभुति बटुल्न लाउञ्ज धाउने गरेका छन् । अतिथिको विशेष स्वागत तथा आतिथ्यताकाबीच खेल मैदानमा पुगेको आभाष गराउन सक्नु नै लाउञ्जको विशेषताहो ।

जसका कारण अहिले विश्वकपका हरेक फुटबल खेल हुने समयमा दर्शकहरुको भिड बढ्दै गएको छ ।

विश्वकप फुटबलको उदघाटन शत्रका दौरान लाउञ्जले चलचित्र, खेलकुदका साथै विभिन्न क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई एकै स्थानमा जमघट गराएर सम्मान समेत गरेको थियो ।

अहिले पनि दैनिक रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपस्थित गराउँदै लाउञ्जले दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गराई सँगै विश्वकप खेल हेर्ने व्यवस्था गराएको छ ।

यसबाट सबै क्षेत्रका व्यक्तिहरुको आमदर्शकसँग सम्बन्ध स्थापित हुनुका साथै कुनै पनि क्षेत्रमा योगदान दिन सक्नु पर्छ भन्ने सन्देश प्रवाह हुने विश्वास लाउञ्जले लिएको छ ।

लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षितगर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु नियमित रुपमा प्रदर्शन गरिरहेको छ । लाउञ्जमा विश्वकप अवधिभरि खेलाडी, कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको नियमित रुपमा विशेष जमघट हुनेछ ।

लाउञ्जले खेल देखाउँदै सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने जनाएको छ ।

भिडियो हेर्नुस् :