हुम्ला– खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णबहादुर रावतले एक हजार ११० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गणेश रावलले ५३३ मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT


त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै सिन्दु हमालले एक हजार १८ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुपा शाहीले ९५९ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयका खिलनाथ रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #