काठमाडौँ– काठमाडौं महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् ।


ADVERTISEMENT


सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा ९ हजारको अग्रता लिएका छन् । महानगरको ८८ हजार बढी मत गणना सकिएको छ । जसमा शाक्यले ३० हजार ९७५ मत पाएका छन् भने कांग्रेसका जोशीले २१ हजार ९२६ हत पाएका छन् ।


ADVERTISEMENT

# # #


तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले १२ हजार ११ मत पाउँदा साझा पार्टीका किशोर थापाले ९ हजार २१ मत ल्याएका छन् । यसै गरी माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २ हजार ८८९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने कांग्रेस उम्मेदवार हरिप्रभा खड्कीले झण्डै १० हजारको अग्रता लिएकी छन् । उनले २६ हजार ४१७ मत पाएकी छन् ।

दोस्रो स्थानमा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठ छन् । उनले १६ हजार ८२३ मत पाएका छन् । साझा पार्टीकी निरुपमा यादवले ५ हजार ४५० मत पाएकी छन् । काठमाडौँमा राप्रपा र नेकपा एमालेले तालमेल गरेका छन् ।