एजेन्सी– शनिबार फ्रान्सको चार गोलले लियोनल मेसीको चौथो विश्वकप अभियानलाई समाप्त पारिदिएको छ । सम्भवतः यस निराशाले उनको अन्तर्राष्ट्रिय फुटबल करियर पनि समाप्त हुन सक्छ ।


ADVERTISEMENT


नाइजीरिया विरुद्ध मेस्सीले विश्वकप २०१८ मा आफ्नो एकमात्र गोल गरेर टिमलाई प्रि-क्वार्टरफाइनलसम्म पुगाएका थिए । रसियाको कजानमा अर्जेन्टिनाका हजारौँ प्रशंसक मेस्सीको नेतृत्वमा एक अर्को खेल जितेको हेर्न आएका थिए । तर त्यो चाहाना पूरा हुन सकेन ।


ADVERTISEMENT

# # #


मेस्सीले अन्तिम १६ को भिडन्तमा दुई गोलका लागि मदत गरेर आफ्नो भूमिका त निभाए । तर, अर्जेन्टिनाको डिफेन्स फ्रान्सको आक्रमणलाई सामना गर्न विफल भयो । जसमा १९ वर्षीय किलियाने एमबाप्पेको दुई गोलको मदतमा फ्रान्सलाई ४-३ को जित हात पर्यो ।

विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबल करियरको बारेमा विश्वकप खेल्न रुस जानु अघि मेस्सीले भनेका थिए, ‘मेरो अन्तराष्ट्रिय करिअरको भविष्य रुसमा हुने विश्वकपमा देशले गर्ने प्रदर्शनमा निर्भर हुनेछ । हामी विश्वकप कसरी टुंग्याउँछौँ, त्यसैमा मेरो भविष्य पनि अडिएको छ ।’

४ विश्वकपमा सबैभन्दा खराब प्रदर्शन

मेस्सीका चार विश्वकप अभियानमा यो टिमको सबैभन्दा खराब प्रदर्शन हो । प्रतियोगिताका दौरान ३१ वर्षीय मेस्सीलाई आशा थियो कि चार वर्ष अघि फाइनलमा पुग्नका लागि गरेको प्रदर्शनलाई सुधार्दै यसपटक विश्वकप ट्रफी जितेर १९८६ का डिएगो माराडोनाकै बराबरीमा आउने ।

त्यो चार मिनेट, जसले मेस्सीको सपना चकनाचुर पार्यो

बार्सिलोना र अन्य क्लबमा उत्कृष्ट प्रर्दशन गर्ने मेस्सीलाई माराडोनासँग पनि तुलनामा गर्ने गरिन्छ । यसको मुख्य कारण हो दुबैले अन्तराष्ट्रिय स्तरमा आ-आफ्नै रेकर्ड बनाएका छन् । तर पनि मेस्सीसंग एउटै रेकर्डको कमी छ । त्यो हो विश्वकप ट्रफी ।

उनी यही लक्ष्य चुम्ने उद्देश्यका साथ रसिया उडेका थिए । तर त्यो सपना साकार हुन सकेन र टोलि क्वार्टरफाइनल नपुग्दै बाहिरिन बाध्य भयो ।

सन्यास फिर्ता लिएका मेस्सी

ब्राजीलमा २०१४ मा विश्व कप फाइनलमा जर्मनीसंग हारेपछि अर्जेन्टिनालाई कोपा अमेरिका २०१५ र २०१६ को कोपा अमेरिका सेन्टारियो को फाइनल गरी दुबै पटक चिलीसंग पराजित भएको थियो । मेस्सी २०१६ को फाइनलमा पेनाल्टीबाट चुकेका थिए ।

यसपछि भावनामा आएर उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय गरे । तर पछि समर्थक र देशको दबाबपछि यसमा पुर्नविचार गर्न बाध्य भएका थिए ।

यस पटक भने उनले के गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।