काठमाडौं–वारास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कहाँ पुग्यो ? निर्माणका क्रममा केही समस्या पो निम्तियो कि ? या मेलम्ची खानेपानी आयोजनको काम कहाँ अल्झिएको छ।


ADVERTISEMENT


अन्तरमन्त्रालय समस्याले मध्य पहाडी लोकमार्ग परियोजना रोकिएको पो छ कि ? राष्ट्रिय गौरवका आयोजनाका यस्तै परियोजनालाई सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ‘वार रुम’ बन्दै छ।


ADVERTISEMENT

# # #


नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी करिब १० करोड रुपैयाँ खर्चिएर ‘वार रुम’ तयार गर्न थालिएको हो ।

सोही महाशाखाअन्तर्गत भर्खरै स्थापना गरिएको ‘तत्काल समस्या समाधान केन्द्र’ ले सरकारले प्राथमिकतामा राखेका विकास निर्माणसम्बन्धी आयोजना र तत्काल आइपर्ने समस्या समाधानलगायत महत्वपूर्ण विषयमा प्रत्यक्ष संवाद गरी निर्णयमा पुग्न सहयोग पुग्ने गरी ‘वार रुम’ को अवधारणा अघि बढाएको छ । – आजको कान्तिपुर दैनिकबाट