काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताएका छन् । बुधबार संसदलाई सम्बोधन गरिरहँदा गृहमन्त्री थापाले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको बताएका छन्, भने विरोध गर्न रोक पनि नलगाएको बताएका छन् ।


ADVERTISEMENT


संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको छ । अतिशंवेदनशिल ठाउँहरुमा अनसन बस्न मिल्दैन । तर तपाई अन्त गएर बस्न सक्नुहुन्छ ।’ गृहमन्त्री थापाले डा. केसीको मागको बारेमा बोल्दै सरकारको कुनै अडान वा विमति नभएको बताएका छन् । तर, यसरी स्वास्थ्य नीति कस्तो प्रकारको बनाउने भन्ने अधिकार संसदको भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले अहिले निर्वाचित सरकार आइसकेको र सदन गठन भएको बताएका छन् । त्यसोत डा. केसीका मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्ने बताएका छन् । उनले डा. केसीलाई प्रश्न गर्दै भने, ‘तपाईले सडकमा अनसन बसेर हल गर्ने ?’

उनले थपे, ‘समस्याको समाधान सदनबाट गर्नुर्छ । कस्तो स्वास्थ्य नीति भन्ने सदनले फैसला गर्ने हो, विधेयक आउँदैछ । यता वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको विषयलाई राजनीतिक ढंगले हल हुने बताएका छन् । छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया आमरण अनशनमा बसिरहेकी छन् ।

गृहमन्त्री थापाले यस प्रकारको विषयलाई राजनीतिक तवरले हल गर्नुपर्ने बताउँदै प्रमुख राजनीतिक दलहरु सहमत भइसकेको जानकारी गराएका छन् ।