ब्युनस आयर्स– विश्वकपमा अर्जेन्टिनाले निरासजनक प्रदर्शन गरेपछि जर्ज साम्पाओलीले कोचको पदबाट राजीनामा दिने दवावबीच डिएगो म्याराडोनाले पद सम्हाल्ने चासो देखाएका छन् ।


ADVERTISEMENT


१९८६ को विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको कोच हुन आफुलाई एक पैसा पनि नचाहेको उल्लेख गरेका छन् । आफनो टीभी कार्यक्रम ह्यान्ड अफ गड मा ५७ वर्षीय खेलाडीले बताए कि उनी राष्ट्रिय टोलीका लागि कोच बन्न तयार छन् । म्याराडोनाले २००८ देखि २०१० बीच दुई वर्ष अर्जेन्टिनाको कोच बनेका थिए ।


ADVERTISEMENT

# # #


उनले भेनेजुएलाको एक टीभी च्यानलमा प्रसारित हुने आफनो कार्यक्रममा बताए–’म राष्ट्रिय टोलीको नेतृत्व गर्नका लागि फर्कनेछु र म निशुल्क काम गर्छु । यसको बदलामा मलाई केही चाहिँदैन ।’ – आजको नेपाल समाचारपत्रबाट