एजेन्सी– जारी रुस विश्वकपमा प्रचारका अनेकन हतकण्डाहरू प्रयोग हुने गरेका छन् । विश्वकपमा प्रतिस्‍पर्धा गर्ने टिमको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।


ADVERTISEMENT


यसैबीच एउटा सही भविष्यवाणी गर्दै आएको ‘रैबिओट’ नामक अक्टोपसलाई पकाएर खाएको समाचार अहिले भाइरल बनेको छ । सही भविष्यवाणी गरिरहेको उक्त अक्टोपसलाई सामान्य सी फुड सरह नै बेचिएको थियो । उक्त अक्टोपस बिक्रीमा राखिएको तस्बिर सामाजिक सञ्जालमा अहिले ‘हट केक’ बनिरहेको छ ।


ADVERTISEMENT

# # #


रैबिओटले जापानले खेलेका सबै समूहचरणका तीन खेलको भविष्यवाणी सही गरेको थियो । साथै उसले अन्य टिमको भविष्यवाणीसमेत सही गरिरहेको अवस्थामा बेचिएको थियो । बजारमा बेचिरहेको उक्त अक्टोपस नै रैबिओट भएको दाबी गरिएको छ । समूहचरण पछि नकआउट स्टेजका खेलमा समेत उसले पोर्चुगल बाहिरिने भविष्यवाणी गरेको थियो । तर, उसले अन्तिमसम्म भविष्यवाणी गर्न भने पाएन किनकि कसैले बजारमा बेचेर पकाएर उसलाई खाइसकेका छन् ।