काठमाडौं– रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ ।


ADVERTISEMENT


अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २–१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराउदैँ फ्रान्सले अन्तिम ८ को यात्रा तया गरेको थियो ।


ADVERTISEMENT

# # #


समूह चरणको खेलमा उरुग्वे समूह एको विजेता बन्दै प्रिक्वाटरफाईनलमा पुग्दा उसले अन्तिम आठ प्रवेशका क्रममा भने पोर्चुगल जस्तो बलियो टिमको चुनौती पन्छाएको थियो । उता फ्रान्स भने समूह चरणको समूह विजेता बन्दै प्री क्वाटरफाईनलमा स्थान बनाएको थियो ।

प्राविधिकरुपमा बलियो मानिएको टिम उरुग्वेका लागि काभानी र लुईस स्वारेजबीचको सन्तुलन बलियो पक्ष मानिएको छ । उनीसँगै टिममा गोडिन, म्यासिनो छन् । उता फ्रान्सका किलियन एम्बाफे भने जारी विश्वकपमा पेलेको रूपमा हेरिन थालिउएो अद्भुत क्षमताका खेलाडी हुन् । एम्बापेसंगै ग्रीजम्यान, पोग्वा,हर्नाडेड, जिरोर्ड कान्टे जस्ता बलिया खेलाडी छन् फ्रान्ससंग । जसको कारण फ्रान्स यो विश्वकपमा धेरैको लागि उपाधि दावेदार टोली बनेको छ ।

विश्वकपको इतिहास हेर्दा यी दुई राष्ट्र आमनेसामने हुन लागेको यो पहिलो पटक हो । तर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने यी दुई राष्ट्र सात पटक भिडेका छन् । उरुग्वेले दुई पटक जित आफ्नो पक्षमा पार्दा फ्रान्सले मात्र एक पटक जित निकाल्न सकेको छ बाँकी सबै चार खेल भने बराबरीमा रोकिएको छ । दुवै टिम उस्तै बलियो हुनु र विगतको इतिहास पनि उस्तै उस्तै भएको कारण निज्नी नोभगोरेड स्टेडियममा दुईको खेल रोचक हुनेमा कुनै शंका छैन ।

ब्राजिल भर्सेस बेल्जियम
त्यस्तै आज राति नै ब्राजिल र बेल्जियम भिड्दैछन् । ब्राजिल सदावाहार उष्कृष्ट टिम हो भने बेल्जियम रसिया विश्वकपमा सनसनी मच्चाईरहेको सन्तुलित टिम हो । ब्राजिल र बेल्जियम दुवै टिम यो विश्वकपको रोजाइको टिम हो ।

ब्राजिलले क्पाटरफाईनलको यात्रा गर्ने क्रममा मेक्सिकोलाई दुई शून्यले पराजित गरेको थियो भने बेल्जियमले एसियाली राष्ट्र जापानलाई तीन दुई गोलले पराजित गरेको थियो ।

पाँच पटकको विश्वकप विजेता ब्राजिललाई बेल्जियम विरुद्ध सहज भने पक्कै हुने छैन । ब्राजिलको टिममा रोबर्टो फिर्मिनो, पाउलिन्हो, फलिप काउन्टिन्हो, ग्रावियल, एलिसन, नेयमार र विलियन जस्ता नाम चलेका खेलाडी छन् ।

कडा प्रतिस्पर्धीको रूपमा उभिएको बेल्जियमलाई पनि ब्राजिललाई हराउनु सामान्य रहेन उसका लागि । ब्राजिलको टिममा धेरै विकल्पहरू छन् । जसले ब्राजिललाई बलियो बनाएको छ । तर बेल्जियमका केही भरपर्दा खेलाडी नै जितका लागि पर्याप्त बनिरहेको छ ।

बेल्जियममा लागि जारी विश्वकपमा ४ गोल गरिसकेका रुमेलू लुकाकु, डि ब्रुने, राम्रो मुभ बनाइरहेका ईडेन हाजार्ड, नासेर चाडिल ब्राजिलका लागि संकटको पक्ष बन्न सक्नेछन् । यी दुईको खेल काजान एरेनामा हुनेछ ।