एजेन्सी– स्टार खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका फ्यानहरूको क्रेज कतिसम्म छ भने मत बाझिँदा श्रीमान–श्रीमतीबीच नै डिभोर्स भएको छ । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणबाटै अर्जेन्टिना र पोर्चुगल बाहिरिसकेका छन् । तर ती दुवै टिमका स्टार खेलाडी मेस्सी र रोनाल्डोमध्ये कुन राम्रो भन्ने विषयमा विवाद बढेपछि एक दाम्पत्य सम्बन्ध नै संकटमा परेको छ ।


ADVERTISEMENT


विश्वकपको आयोजक देश रुसमा नै रूसी खेलाडीको भन्दा अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोको क्रेज बढी रहेको यस घटनाले देखाएको छ । रूसका एक जोडीले यही विषयमा विवाद बढ्दा डिभोर्स नै गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


जब अर्जेन्टिनाले समूह चरणको खेलमा नाइजेरियालाई २–१ ले हराएको थियो, तब आर्सेन नाम गरेका एक व्यक्ति मेस्सीको समर्थनमा जितको खुसी मनाउँदै उफ्रिरहेका थिए । मेस्सीको उत्कृष्ट प्रदर्शन भन्दै उनले नाराबाजी नै गरिरहेका थिए । तर सँगै रहेकी उनकी श्रीमती ल्युडमिला रिसाइन् । उनले ‘मेस्सीभन्दा त रोनाल्डो कति राम्रो’ भनेपछि यी दुवैबीच मनमुनाव चुलियो ।

श्रीमतीले विपरीत समर्थन जनाएपछि रिसले आगो भएका आर्सेनले घर नै छोडिदिए । त्यतिले मात्र पुगेन उनले अर्को दिन नै बिहान श्रीमती ल्युडमिलालाई डिभोर्सको कागज पठाए । यो देख्दा श्रीमतीचाहिँको मनमा एक्कासि पहिरो गयो, उनीहरूको १६ वर्षे लामो दाम्पत्य सम्बन्ध मेस्सी र रोनाल्डोका कारण समाप्त भयो ।