काठमाडौं– नेपाल प्रहरीका ८ जना डीआइजीले अनिवार्य अवकाश पाउने भएका छन् । प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को ३ वटै पद रिक्त रहँदै बढुवाको प्रतिष्पर्धामा रहेका ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका हुन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उत्तम कार्की, प्रहरी प्रधान कार्यालयको प्रशासन विभागका पवनप्रसाद खरेल, मानव स्रोत विभागका ज्ञानविक्रम शाह, कार्य विभागका छबिलाल जोशी र प्रदेश ७ मा कार्यरत शरद चन्द, श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएका हुन् ।


ADVERTISEMENT

# # #


एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तम कार्की, पवनप्रसाद खरेल, ज्ञानविक्रम शाह, छबिलाल जोशी र शरद चन्द रहेका थिए । उनीहरुको अवकाशसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् ।

उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् । उनीहरुसहित अन्य ३ डीआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् ।