काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मोबाइल र इन्टरनेटमा १३ प्रतिशत कर वृद्धि गर्ने सरकारको निर्णय विरुद्ध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


साउन १ गते अर्थात हिजोदेखि मोबाइल र इन्टरनेटमा थप १३ प्रतिशत कर लगाउने सरकारको निर्णय खारेजीको माग गर्दै नेविसंघले नेपाल दुरसञ्चार प्राधिकरणको कार्यालयमा धर्ना एवम् घेराउ गरेको हो ।


ADVERTISEMENT

# # #


चुनाव अघि फ्रि वाइफाइको नारा दिएको ओली सरकारले चुनावपछि मोबाइल र इन्टरनेटमा थप १३ प्रतिशत कर लगाएर निमुखा जनताको ढाड सेक्ने काम गरेको नेविसंघले बताएको छ । संगठनले तत्काल निर्णय फिर्ता लिन माग गरेको छ ।

यसअघि ११ प्रतिशत कर तिरिरहे पनि त्यसमा थप १३ प्रतिशत जोडिएपछि आमनागरिकको दैनिकीको पर्याय बनिसकेको इन्टरनेट महंगिएपछि सवत्र यसको विरोध भइरहेको छ ।