श्याम ठाकुर, सिरहा– प्रहरीले सिरहा मिर्चैया नगरपालिका वडा नं. ७ मा २५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । बुधबार प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा खटिएको ३० जनाको टोलीलले मदिरा नष्ट गरेको हो ।


ADVERTISEMENT


प्रहरीले स्थानीयको घर कटेरामा रहेको घरेलु मदिरा तथा मदिरा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ नष्ट गरेको प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।


ADVERTISEMENT

# # #


यस्तै मदिरा उत्पादनका लागि प्रयोग गरिने ६१ भाँडाकुँडा लगायतका सामान नियन्त्रणमा लिइ प्रहरी कार्यालयमा ल्याइएको छ ।