काठमाडौं – कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखी आमरण अनसनरत बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् ।


ADVERTISEMENT


अनसनले डा। केसीको स्वास्थ्य अवस्था अन्तयन्तै गम्भीर बनेको भन्दै उनलाई काठमाडौं ल्याउन बिहीबार सरकारी टोली हेलिकप्टर लिएर जुम्ला पुगेका छन् ।


ADVERTISEMENT

# # #


जबरजस्ती केसीलाई काठमाडौं लान नपाइने भन्दै केसी पक्षीय चिकित्सक र समर्थकले अस्पताल अगाडि विरोध प्रदर्शन गर्दै सडकमा ढुंगा बिछ्याएका छन् । अहिले अस्पताल बाहिर तनाब भइरहेको छ । समर्थक र चिकित्सकले कुनैपनि हालतमा केसीलाई काठमाडौं लान नदिने बताएका छन् ।

डा. केसीले आफु मर्न तयार हुने तर काठमाडौं नजाने अडान लिएका छन् । उनले आफूलाई सरकारले अपहरण शैलीमा काठमाडौं जान खोजेको आरोप समेत लगाएका छन् । केसीले आफ्ना माग पूरा गर्न सरकारी टोली कर्णालीमै आउनुपर्ने जिकिर गरेका छन् । यता प्रदेशका गृहमन्त्री नरेश भण्डारीले डा. केसीलार्ई अपहरण गरेर काठमाडौं लान नभई उनको जिवन रक्षाका लागि उपचार गर्न लान लागिएको बताएका छन् ।