काठमाडौं–हालै मात्र रियल म्याड्रिडबाट कीर्तिमानी मूल्यमा युभेन्टस आएका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको जर्सीमा पूर्वक्लबविरूद्ध पहिलो खेल नखेल्ने भएका छन् ।


ADVERTISEMENT


युभेन्ट्सको प्रि सिजन अमेरिका भ्रमणमा पोर्चुगिज स्टार रोनाल्डो नहुने भएपछि उनी सिरि’ए’बाट मात्र खेल्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।


ADVERTISEMENT

# # #


युभेन्ट्स टोली केही दिनमा इन्टरनेसनल च्याम्पिन्स कप मैत्रीपूर्ण खेलका लागि अमेरिका प्रस्थान गर्दैछ । जहाँ टोलीले जुलाई २६ मा बायर्न म्युनिख, जुलाई २८ मा बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्ट् र रोनाल्डोको पूर्व टोली रियलबीचको खेल अगस्ट ४ मा खेल हुने तय भएको छ ।

विश्व कपमा हार व्यहोरेपछि परिवारसहित बिदा मनाइरहेका रोनाल्डो प्रि सिजन अमेरिका भ्रमणमा नजाने भएपछि युभेन्ट्सबाट रोनाल्डोको डेब्यू अगस्ट १८/१९ मा हुने सक्ने समाचार जनाइएको छ ।

इटालियन सिरि’ए’को खेल तालिका शुक्रबार सार्वजनिक हुँदैछ ।

युभेन्ट्सको खेलाडीका रुपमा रोनाल्डो सोमबार सार्वजनिक भएका थिए । १ सय मिलियन पाउन्डमा रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोले त्यहाँ ४ वर्षसम्म खेल्ने सम्झौता गरेका छन् ।