काठमाडौं- साझा पार्टीले काठमाडौं महानगरपालिकाका नवनिर्वाचत मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्कीलाई बधाई दिएको छ । निर्वाचित मेयर तथा उपमेयरको नेतृत्वमा देशको राजधानी शहरको सपना पुरा होस् भन्ने साझाले कामना गरेको छ ।


ADVERTISEMENT


पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति निकाली नवनिर्वाचित मेयर र उपमेयरलाई बधाई दिनुका साथै सझा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका हुन् ।


ADVERTISEMENT

# # #


नवनिर्वाचित मेयर र उपमेयरलाई साझा पार्टीका सबै प्रकारका सहयोग हुने र राजधानीबासीको सपना पूरा गर्ने साझा पार्टीले शुभकामना दिएको छ । छोटो समयमा संगठन नबनेकै अवस्थामा साझा पार्टीको उम्मेदवारले प्राप्त गरेको मतले साझा पार्टीलाई भरपर्दो विकल्पको रुपमा लिइएको प्रष्ट भएको समेत विज्ञप्तिमा उल्लखे गरिएको छ ।

साझा पार्टीका तर्फबाट मेयर र उपमेयर पदका लागि उमेदवारी दिएका किशोर थापा र निरूपमा यादव क्रमशः चौथो र तेस्रो भएका छन् ।