काठमाडौँ– प्रिमियर लिग च्याम्पियन चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधिमाथि कब्जा जमाएको छ। शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले हराउँदे उपाधि जितेको हो।


ADVERTISEMENT


वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमै सान्चेजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा भिक्टर मोएजले दोहोरो पहँलोसँगै रातो कार्ड पाएपछि १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित चेल्सीले ७६ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।


ADVERTISEMENT

# # #


उसका लागि स्ट्राइकर डिएगो कोष्टाले गोल गरेका हुन । तर, त्यसको तीन मिनेटपछि नै राम्सीले गोल गर्दै आर्सनललाई २१ को अग्रतासँगै १३औं उपाधिसमेत दिलाए।