काठमाडौँः काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा नमोबुद्ध नगरपालिका-४ खनालथोकका ५७ वर्षीय जीतबहादुर तामाङ रहेका छन् ।


ADVERTISEMENT

# # #


एकै दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएर तामाङको ज्यान गएपछि जम्मा भएको भिडले टिपरमा आगजनी गरेका छन् । टिपरको ठक्करबाट ज्यान जाने क्रम बढेपछि सरकारले राजधानी उपत्यकामा दिउँसोको समयमा सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा दिउँसो समयमा टिपर चलाउन साउन १ बाट रोक लगाइएको थियो । तर उपत्यका बाहिरको काभ्रेमा टिपरले ज्यान लिएको हो ।