रसुवा– रसुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको मृत्यु भएको प्रहरीले जनएको छ ।


ADVERTISEMENT


पहिरोमा ८ जना हराइरहेका छन् । हराएकाको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


उद्दारका लागि स्काभेटर र डोजरको प्रयोग गरिएको छ । राति एक बजेतिर पहिरो गएको प्रहरीले जनाएको छ ।

रातिको उक्त पहिरोले प्रहरी चौकी समेत बगाएको बताइएको छ । पहिरोले अन्य क्षति समेत पुर्याएको छ । केही घरहरु पुरिएका छन् । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।