एजेन्सी– फिफा अवार्डको अन्तिम १० को सूचीमा परेका खेलाडीहरूमध्ये सबैभन्दा माथि बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी परेका छन्, भने दोस्रो स्थानमा पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डो रहेका छन् ।


ADVERTISEMENT


रुसमा भएको विश्वकपमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना र रोनाल्डको कप्तानीमा रहेको र्पोचुलग प्रि–क्वटरफाइनलबाटै बहिरीए पनि पनि मेस्सी र रोनाल्डो पहिलो र दोस्रो स्थानमा परेका छन् ।


ADVERTISEMENT

# # #


मेसी ‘ला लिगा’का सर्वाधिक गोल कर्ता हुन् भने सिजन २०१७/१८ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि मेसी नै हुन् । मेसीको क्लब बार्सिलोनाले गत सिजन दुई महत्त्वपूर्ण उपाधिहरू हासिल गरेको थियो ।

‘हु स्कोर्ड डट कम’ले गत वर्षदेखि हरेक खेलाडीको प्रदर्शनलाई मूल्यांकन गरी निकालेको रेटिङ्ग अनुसार मेसी ८.४९ अंक सहित सबैभन्दा अघि देखिएका छन् । ७.९७ अंक सहित रोनाल्डो दोस्रो स्थानमा छन् भने ७.७९ अंक सहित इडेन हाजार्ड तेस्रो स्थानमा रहेका छन् ।

त्यसै गरी चैथो स्थानमा ७.७३ अंक सहित केभिन डी ब्रुयना रहेका छन् । पाँचै स्थानमा ७.७३ अंक सहित मोहम्मद सलाह, छैँटै स्थानमा ७.७१ अंक सहित गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन छन् , भने सातौ स्थानमा विश्वकप विजेता फ्रान्सका युवा स्टार केलियन एमबाप्पे ७.६५ अंक सहित रहेका छन् ।

अन्य खेलाडीहरू फ्रन्सका एन्टोनियो ग्रिजम्यान ७.४३ अंक सहित आठौँ स्थानमा, विश्वकपको सर्वोत्कृष्ट खेलाडीमा क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच ७.२८ नवै स्थानमा र फ्रान्सका राफेल भारान ६.९५ दसैँ स्थानमा रहेका छन् ।

लिगका खेल, युरोपियन लिग तथा विश्वकपको प्रदर्शनलाई लिएर रेटिङ्ग तयार पारिएको हो । रेटिङ्गमा कूल अंक १० हुने व्यवस्था गरिएको छ ।