रामेछाप– न्युटल गेयरमा रोकिराखेको ना ३ त २१२६ नंम्वरको ट्याक्टर खेल्ने क्रममा ट्याक्टर गुड्दा ट्याक्टर खेलिरहेका एक बालकको गए राती किचेर घटनास्थलमा नै मृत्यु भएको छ ।


ADVERTISEMENT


रामेछाप नगरपालिका वडा नं २ देउराली स्थित हुलाक चौरमा रोकिराखेको ट्याक्टरमा खेल्ने क्रममा स्थानीय वर्ष ७ का उमेश रोकाको घटनास्थलमा नै मृत्यु भएको छ भने उनकी दिदी वर्ष ९ की उर्मिला रोकाको अवस्था गम्भीर रहेको छ ।


ADVERTISEMENT

# # #


गम्भीर घाइते भएकी उर्मिलाको गएमध्यराती नै जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

देउरालीको हुलाक चउरमा सामान झारेर सडक छेउमा रोकिराखेको ट्याक्टरमा दिदी र भाइ खेल्ने क्रममा अकस्मात ट्याक्टर पछाडि गुड्दा उमेशलाई ट्याक्टरले किचेको थियो ।

ट्याक्टर न्युटलमा राख्ने चालक गोपाल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र कुमार थापाले जानकारी दिए ।