बर्दिवास– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सरिक हुन अपिल सबै पक्षसँग अपिल गरेका छन् ।


ADVERTISEMENT


आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाशले यो अभियानमा कुनै सरकार पक्ष र प्रतिपक्षी हुन नहुने आग्रह गरे ।


ADVERTISEMENT

# # #


“चुनाव र सरकार सञ्चालनको जिम्मेवारी तोकिएको अवधिका लागि हुन्”, प्रकाशले भने, “विगतको चुनावी तुष राखियो भने विकास र समृद्धिको अभियानले गति लिँदैन ।” समृद्धि आम नेपालीको साझा चाहना र आकांक्षा भएकाले जनतासँग नाता जोड्ने सबैले यसमा खुला र सहयोगी भूमिका दिनुपर्ने उनको जोड थियो ।

समारोहमा प्रवक्ता प्रकाशले जनतालाई सुशासनको अनुभूति दिलाउन भ्रष्टाचारमुक्त सेवा प्रवाह संघीय, प्रादेशिक र स्थानीय सरकारका प्रतिनिधिले दिनैपर्ने बताए ।
समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल र नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले सार्वजनिक गरिएका नीति, कार्यक्रम तथा बजेटको सफल कार्यान्वयनले मात्र जनताले परिवत्र्तनको अनुभूति गर्नसक्ने उल्लेख गरे।

यसअघि समारोहमा बर्दिवास नगरका प्रमुख विदुरकुमार कार्कीले आर्थिक वर्ष २०७५/०७६ का लागि नगरसभाले पारित गरेको नीति कार्यक्रम तथा रु ८७ करोड ३९ लाख छ हजारको अनुमानित बजेट सार्वजनिक गरेका थिए।