काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।


ADVERTISEMENT


उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । सुविधाअन्तर्गत टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बिमा र खाजाखर्च रहेको छन् ।


ADVERTISEMENT

# # #


महानगरमा करिब १८० जना जनप्रतिनिधि छन् । कर्मचारी तलब सुविधामा ७७ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, कर्मचारी ओभरटाइम भत्ताबापत ७५ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, सल्लाहकारलाई तलब र पारिश्रमिक बापत ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विकास निर्माणको पाटोलाई थाती राखेर कामपाले सल्लाहकारलाई मात्र यति धेरै रकम विनियोजन गरेको हो । – आजको नेपाल समाचारपत्रबाट