फागुन  ४ । उखु लोड भएको ट्याक्टरको टेलारी पल्टिँदा महोत्तरीको गौशाला नगरपालिका–५ मा एकजना ट्र्याक्टर चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


गएराति उखु लोड गरेको ट्र्याक्टरको टेलारीको पन्चर चक्का मर्मतका लागि खोल्ने क्रममा टेलारी उल्टिन गई सुन्दरपुर–२ घर भई गौशाला नगरपालिका–२ मा बस्दै आएको २२ वर्षीय कमलदेव यादवको घटनास्थलमा नै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


गौशाला नगरपालिका–५ का देवेन्द्र मल्लको बारीमा रहेको काटिसकेको उखु ज १ त १२७४ नंको ट्र्याक्टरमा लोड गरी रामनगरस्थित एभरेस्ट चिनी मिलमा लैजाने क्रममा पन्चर भएको टेलारीको चक्का खोल्ने क्रममा टेलारी पल्टिँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यादवले आफ्नै ट्रयाक्टरमार्फत भाडामा मल्लको उखु चिनी मिलसम्म पुर्याउने काम गर्ने गर्दै आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक यादवको शवपरीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।